बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

अध्यक्ष नेपाल आज रुस जाँदै

काठमाडौँ - नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज रुसको भ्लादिभोस्तक जाने भएका छन् ।

यही भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म हुने ‘एसिया इकोनोमिक फोरम’ छलफलमा सहभागी हुन अध्यक्ष नेपाल आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने नेकपा (एकीकृत समाजावदी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । 

अध्यक्ष नेपाल अन्तर्राष्ट्रिय सम्मेलन उक्त कार्यक्रममा वक्ताको रुपमा सहभागी हुने सो पार्टीले जनाएको छ ।