माधव नेपाल किन गए रुस ?

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुसतर्फ प्रस्थान गरेका छन् । अध्यक्ष आइतबार राति ११ बजे 'साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागीका लागि प्रस्थान गरेका हुन् ।
सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ । अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।
उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । उनी आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया