भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्छ - मन्त्री गुरुङ

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्ने बताएका छन् ।
सोमबार राष्ट्रिय समाचार समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १०० दिनको कार्यसम्पादन सम्झौता अनुसार भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरु अघि बढ्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयक मन्त्रिपरिषद्मा भाद्र मसान्तसम्म पेश गर्ने जिकिर गरे । त्यस्तै दुरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने उनले जानकारी दिए ।
त्यस्तै सरकारी इमेल सञ्चालन सम्बन्धी कार्यविधि तयार गरि छलफलका लागि सार्वजनिक गरिने उनले बताए । मन्त्री गुरुङले एआई सम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गराउने काम पनि दशै अघि नै सम्पन्न हुने उल्लेख गरे ।
ब्रोडब्याण्ड नीति २०८१ को मस्यौदा तयार गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सेवा असोज मसान्तभित्रै थप ३० निकायमा पुराइने उनको भनाइ छ ।
उनले सय दिनको काम अन्तर्गत राससले २४ घण्टा सेवा सुचारु गर्ने र फाइबर टु द होम सबै जिल्लामा पुराउने काम सम्पन्न गरिसकेको बताए ।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया