दीपक मनाङे असन्तुष्ट, वनमन्त्रीबाट दिए राजीनामा

पोखरा - राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई वनमन्त्री दिइएको थियो ।
यसअघि भौतिक योजना मन्त्रालयको मन्त्री रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।
यस अघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए ।
मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफूलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।

भिरमहको उत्पादन घट्यो

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
पाउद्वारमा खेलमैदान निर्माण

बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
_5etF0NShEN_vcu6u2yo5gykpqtafmdad6fwetenaeit9vdaiqj8lm01tlrfpfy9p51lesks_rCgjBSoCTg_qbexdnojmx2s8v2xtgylwc2ujh2yrnvftxsvzxbcpwpt7bqyqwenpth3qhws.jpg)
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

भूमिहीनलाई लालपुर्जा वितरण

प्रतिक्रिया