साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल

काठमाडौँ - सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले साना किसान कृषि सहकारीले गरिरहेको काम कारवाहीदेखि भोग्नुपरेका समस्याका बारेमा प्रतिनिधिहरूसँग छलफल गरेको हो ।
बैठकमा २८ जनाले आ–आफ्नो संस्था संचालनको अनुभव र स्थितिको जानकारी गराएका थिए । सो क्रममा उनीहरुले साना किसान कृषि सहकारी संस्थामा रकम दुरुपयोगको समस्या नरहेको बताएका थिए ।
उनीहरुले कृषिजन्य बस्तुको बजारीकरण र भुक्तानीको समस्या भने देखिएको गुनासो गरेका थिए । समिति संयोजक सूर्य थापाले धेरै असफलताकाबीच साना किसान कृषि सहकारीको सफलताले अरूलाई प्रेरणा दिने बताए । उनले छानबिनका क्रममा भएका छलफलका क्रममा सहकारी क्षेत्रको दर्ता सूचना केन्द्र नरहेका कारण मुख्य समस्या देखिएको जिकिर गरे ।
हाल देशभर १ हजार ३ सय ६९ वटा साना किसान कृषि सहकारी संस्था संचालनमा रहेका छन् । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौ २३ गते सकिँदैछ ।
समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको छ । यद्यपि सो समयमा प्रतिवेदन लेखनको काम सम्पन्न नभए केही दिन समय माग गर्ने विषयमा पनि छलफल भइरहेको समिति सदस्यहरूले जानकारी दिएका छन् ।

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

प्रतिक्रिया