सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

हड्ताल अन्त्य गर्न इजरायली अदालतको आदेश

काठमाडौँ - इजरायलको एक श्रम अदालतले गाजामा बन्धक बनाइएका बन्धकहरूको रिहाईका लागि भएको सम्झौताको समर्थनमा देशको सबैभन्दा ठूलो युनियनले आह्वान गरेको हडताल रोक्न सोमबार आदेश दिएको छ।

हडतालको ‘राजनीतिप्रेरित’ प्रकृतिलाई उद्धृत गर्दै तेल अभिभ श्रम अदालतले जारी गरेको र एएफपीले प्राप्त गरेको फैसलामा भनिएको छ, 'हामी हडताललाई निषेध गर्न राष्ट्रव्यापी आदेश जारी गर्दैछौं ।'

युद्धविरामको विरोध गर्ने अति दक्षिणपन्थी नेता तथा अर्थमन्त्री बेजालेल स्मोटरिचले अदालतलाई हडतालमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले हिस्टाद्रूत युनियनका अध्यक्षलाई संकेत गर्दै हडताल आर्थिक कारणले नगरिएको पुष्टि गर्न भनेको छ । 

युनियनका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार हडतालको आवश्यकताबारे व्याख्या गर्दै भने, 'गाजाको सुरुङमा हाम्रा बालबालिकाको हत्या भइरहँदा हामी चुप रहन सक्दैनौँ ।' 

इजरायलमा युनियनलाई आर्थिक कारण र श्रमिकको अधिकारका लागि मात्र हडताल आह्वान गर्ने अधिकार छ तर राजनीतिक विषयलाई लिएर हडताल गर्न बन्देज लगाइएको छ । 

हिस्ताद्रुत ट्रेड युनियनले सोमबार बिहान ६ बजेदेखि देशव्यापी हड्तालको आह्वान गरेको छ ।

सेनाले गाजाबाट बन्धक बनाइएका ६ जनाको शव निकालेको घोषणा गरेपछि आइतबार व्यापक प्रदर्शन भएको थियो ।

स्वास्थ्य मन्त्रालयले ती ६ जनालाई हमासले नजिकबाट गोली हानेको जनाएको छ ।

हडतालपछि इजरायलका केही भागहरू बन्द गरिएका थिए भने धेरै क्षेत्रहरू प्रभावित भएनन्।

तेल अभिव नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही उडानमा ढिलाइ भएको र बिहान स्थानीय समय अनुसार बिहान १० बजेसम्म कुनै पनि उडान हुन सकेको थिएन ।

तेल अभिभ र उत्तरी तटीय शहर हाइफाले हडतालको आह्वानलाई प्रतिकार नगरेपनि सबै नगरपालिकाहरूले आफ्ना गतिविधिहरू सञ्चालन गरेको बताएका छन्।
 

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको घोषणा

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको …

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्…

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु