एमालेको पोलिटब्यूरो बैठक सुरू

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा पार्टीको वार्षिक कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।
भोलीसम्म चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ । साथै बैठकले कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र सङ्गठन विस्तार अभियान समेटिएका छन् ।
एमालेले यसअघि केन्द्रीय कमिटी बैठकबाट २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरिसकेको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया