सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ- लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् ।
उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहीँ पनि विवादित नभएको कम्पनी नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष लिङदेनले सरकार काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भने जस्तो गरिरहेको आरोप लगाए ।
सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छुट दिएको आरोप लगाए । उनले यस विषयमा आउँदा दिनमा आफूले विस्तृत रुपमा कुरा उठाउने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया