आक्रमक रूपमा खनिए बालेनका समर्थक प्रधानमन्त्री ओलीमाथि, 'अनफलो' अभियानले घटायो ७४ हजार फलोअर्स

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई 'अनफलो' गर्ने अभियानले तिब्रता पाएको छ । मंगलबारबाट थालिएको उक्त अभियानले बुधबार दिउँसो यो समाचार तयार पार्दासम्म ७४ हजार हजार फलोअर्स घटाएको छ ।
मंगलबार अपराह्न काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरेको सचिवालयले दाबी गरेको थियो ।
त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कराबाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ९२ हजार मात्र रहेका छन् ।
बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।
सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया