सीतापुर–पकरीदेखि–डलवासम्मको सडकखण्ड अधुरै

राजविराज (सप्तरी)- ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ ।
मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिइएको छ तर तोकिएको समय सकिँदा पनि सितापुरदेखि पकरीसम्म सात किलोमिटर र पकरीदेखि महादेवा गाउँपालिकाको कजोलीसम्म छ किमी बाटो निर्माण सम्पन्न हुन सकिएको छैन ।
निर्माण कम्पनीसँग २०७८ चैत ७ गते रु ३१ करोड २४ लाख आठ हजार तीन सय २४ (भ्याट बाहेक) मा २०८० चैत ८ गतेसम्म सडक निर्माण गरिसक्ने सम्झौता भएको थियो । सोअनुसारको समय बित्दासमेत सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ को पकरी, सोनरालगायत स्थानमा ग्राभेल हाल्ने काम मात्र भएको वडाध्यक्ष जयश्वरकिशोर दासले बताए ।
सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीयलाई आवतजावतमा निकै समस्या भएको उनले बताए । “सडक नबन्दा यहाँ एम्बुलेन्ससमेत जान नसक्दा बिरामीलाई बोकेर हुलाकी राजमार्गसम्म पुर्याउनुपर्ने बाध्यता छ । त्यसैले सम्बन्धित निकायले सडक निर्माण ध्यान दिन आवश्यक छ”, उनले भने,“ठेकेदार कम्पनीले यहाँका बस्ती क्षेत्रमा ढलान सडक बनाउन र अन्य ठाउँमा कालोपत्र गर्ने गरी सम्झौता गरेको छ तर सम्झौतानुसार ५० प्रतिशत पनि काम हुन सकिएको छैन ।”

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

प्रतिक्रिया