युरो २०२०ः वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ: डेनमार्क जारी युरो २०२० को क्वाटरफाइनल प्रवेश गरेको छ । शनिवार राति अन्तिम १६ को खेलमा वेल्समाथि ४-० को जित हासिल गर्दै डेनमार्क युरोको क्वाटरफाइनल प्रवेश गरेको हो । डेनमार्कको जितमा कास्पर डोल्बर्गले दुई गोल गरे भने योकिम मेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।
आम्सटेरडामस्थित योहान क्रुफ रंगशालामा भएको खेलमा डोलबर्गले २७ औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफ सुरु भएको तीन मिनेटपछि नै फ्रेन्च क्लब निसका स्ट्राइकर डोलबर्गले डेनमार्कको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा डेनमार्कको तेस्रो गोल मेलले गरे ।
९० औँ मिनेटमा ह्यारी विल्सनले रातो कार्ड खाएपछि वेल्स १० जनामा सीमित भयो । त्यसको फाईदा उठाउँदै डेनमार्कले गोल थप्यो । बार्सिलोनाका ब्रेथवेटले डेनमार्कको अन्तिम गोल गरे । अन्तिम आठमा अब डेनमार्कले नेदरल्यान्ड्स र चेक गणतन्त्रबीचको विजेतासँग खेल्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया