नेप्से १२ अंकले घट्यो, ९ अर्बको कारोबार

काठमाडौँ- नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ ।
विहिबार ३१६ वटा कम्पनीको कारोबार हुदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मूल्य घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया