मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी

हेटौडा- मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा विहिबार अपराहन्न आगलागी भएको जनाएको छ।
ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको प्रहरीले जनाएको छ । सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको थियो ।
ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको र ट्रकमा सवार १८ जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया