नयाँ कीर्तिमानसहित इटाली युरो कपको क्वाटरफाइनलमा
काठमाडौँ : अस्ट्रियामाथि २-१ को जित दर्ता गर्दै इटाली जारी युरो कप २०२० को अन्तिम आठमा प्रवेश गरेको छ । खेल जित्न इटालीले एक्स्ट्रा टाइम सम्म पर्खनु परेको थियो । इटालीले ८५ औ मिनेटमा फेडेरीको किएसाको गोलबाट अग्रता लियो ।
त्यसको १० मिनेटपछि विजयी टिम २-० को स्थितिमा पुग्यो । यसपटक गोल गर्ने खेलाडी थिए माटियो पेसिना । ११४ औं मिनेटमा अस्ट्रियाले गोल फर्काउदै खेल खेलमा फर्किने संकेत गर्यो । तर सासा कालाजडिजको त्यो गोलले अस्ट्रिया लाइ हार बाट जोगाउन सकेन ।
अस्ट्रियामाथि जितसंगै इटालीले अपराजित यात्रालाइ ३१ औ खेल सम्म पुर्याएको छ । यो नयाँ किर्तिमान हो । सन् १९३५ देखि १९३९ को बिचमा इटाली ३० खेलमा अपराजित थियो । रोबर्टो मान्चिनीले मे २०१८ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि इटालीले दुइ खेल मात्र हारेको छ ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेताको सामना गर्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया