पशुपतिमा छमछमी (फोटो फिचर)

काठमाडौँ- प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने जनाइएको छ ।
रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड देखिन्छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेको उनले बताए । पानी रोकिएसँगै पशुपति क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।

रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

प्रतिक्रिया