नेपालमा चल्न थाल्यो टिकटक

कााठमाडौँ- सरकारले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।
शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।
टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया