गैँडाको आक्रमणबाट पथप्रर्दशकको मृत्यु, पर्यटक र चौकीदार घाइते

गुलरिया (बर्दिया)- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रर्दशक (गाइड)को मृत्यु भएको छ भने विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन् ।
शुक्रबार बिहान मधुवन नगरपालिका–१ स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा एकसिङ्गे गैँडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय ‘नेचर गाइड’ मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले जानकारी दिए । आक्रमणबाट अमेरिकी नागरिक अन्दाजी ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय खिन्चु चौधरी घाइते भएका छन् ।
गैँडाले गाइडको पेटमा र विदेशी पर्यटकको पुठ्ठामा आक्रमण गरेको जनाइएको छ । घाइते पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरी गाउँमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम र चौकीदार चौधरीको अवस्था सामान्य रहेको छ । - रासस

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया