डुबेर बेपत्ता व्यक्तिको शव फेला

धनुषाधाम- धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एक जना व्यक्तिको शव फेला पारेको छ । जिल्लाको औरही गाउँपालिका–५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो ।
बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उहाँको शव गोताखोरको टोलीले आज फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखारको टोली र सोनिगामा वेस क्याम्पका विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी गरेको थियो ।
बेपत्ता मण्डललको शव डुबेको स्थानबाट दुई किलोमिटर दक्षिणतर्फ अवस्थामा फेला परेको जनाइएको छ । मण्डलको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया