जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

काठमाडौँ- काठमाडौँको उत्तरी भेगस्थित चोभारको जलविनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।
हिन्दू धर्मावलम्बीले गणेशको जन्मदिनका रुपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यस पर्वलाई गणेश चौँथी पनि भनिन्छ । आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशलाई दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।
वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभकार्य गर्दा गणेशलाई अग्र स्थानमा विराजमान गराई पहिलो पूजा गर्ने/गराउने गर्दछन् । यसो गर्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पूजारी अनिश श्रेष्ठले बताए ।
काठमाडौँ उपत्यकाका महत्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा जलविनायकलाई लिइन्छ । महादेव र पार्वतीको सन्तानका रुपमा जन्मिनुभएका गणेशको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास रहेको मन्दिरका पूजारी श्रेष्ठले जानकारी दिए । गणेशको रथयात्रा गरिने भएकाले यसमा सहभागी हुन उल्लेख्य रुपमा भक्तजन आउने गरेको छन् । -रासस

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया