बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपालमा

काठमाडौँ- भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । शनिबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरेका थिए ।
फ्यानहरूसँग सेल्फी
नेपाल आइपुग्ने बित्तिकै नवाजुद्दीनलाई नेपाली फ्यानहरूले घेरिहाले। उनले केही फ्यानहरूसँग सेल्फी खिचे भने कतिलाई अटोग्राफ पनि दिए। उनका फ्यानहरूको तातो स्वागतले उनी निकै उत्साहित देखिन्थे ।
‘शाम्बाला’को नेपाल प्रिमियर
नवाजुद्दीनको सहभागितामा रहेको फिल्म ‘शाम्बाला’ को नेपाल प्रिमियर काठमाडौँमा भदौ २३ गते हुँदैछ। फिल्मको निर्देशन मीनबहादुर भामले गरेका हुन्। निर्देशक भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले यो फिल्म हेर्ने इच्छा व्यक्त गरेका थिए।
‘शाम्बाला’को अन्तर्राष्ट्रिय सफलता
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो। यसका प्रमुख अभिनेत्री थिन्ले ल्हामोले हालै लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया