ईङल्याण्डका अलराउण्डर मोइन अलीको सन्यास

काठमाडौँ- ईङल्याण्डका अल राउण्डर मोइन अलीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय अलीले अस्ट्रेलिया सिरिजमा टिममा छनौट नभएपछि सन्यासको घोषणा गरेका हुन् ।
उनले आफुले ईङल्याण्डको लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउँदो जेनेरेसनले खेल्ने समय भएको बताएका छन् । २०१४ मा ईङल्याण्डका लागि अन्तराष्ट्रिय डेभ्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् ।
उनले ईङल्याण्डका लागि सबै फर्म्याटमा ६६७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।
उनी ईङल्याण्डका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । ईङल्याण्डले सो खेल हारेको थियो । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया