प्रतिनिधिसभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको 'शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने 'नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्' भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया