नक्कली प्रमाणपत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया