दाजुको हत्या गरेको आरोपमा पक्राउ
डोटी - कोदालो प्रहार गरी सहोदर दाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन् । घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया