मेरो पहिलो काम नीति र विधि बनाउने हो : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालय स्तरीय विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए ।
‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थ मन्त्रालय पठाइएको छ । अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने म कहाँ प्रस्ताव ल्याएर आउनुहोस् । मैले अगाडि बढाउँछु । पहिलो काम नीति र विधि बनाउने नै हो,’ उनले भने ।
नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने गृहमन्त्री लेखकको भनाइ थियो । ‘सुरक्षाको अनुभूति दिन दक्षजनशक्ति चाहियो । त्यसका लागि बजेट चाहियो । बजेट योजना आयोगसँग माग्नुपर्छ,’ उनले भने ।
गृहमन्त्री लेखकले गृहबाट अर्थ मन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे । ‘दुवै विधेयकमाथि प्रधानमन्त्रीजीको उपस्थितिमा सकारात्मक र परिणाममुखी छलफल भएको छ । यसले कुनै आर्थिक भार पर्ने छैन,’ उनले भने ।
यस्तै प्रत्यक महिना राजश्व संकलनको रेकर्ड मागेको भन्दै गृहमन्त्री लेखकले राजस्व बढाउन आफूले निरन्तर जोड दिएको बताए ।
बैठकमा योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सबै ठाउँमा स्रोतको सुनिश्चिता नहुँदै कार्यक्रम बनाउने समस्या रहेको बताए । यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनको काम अंकभन्दा पनि अनुभूतिमा गराउने विषय भएको बताए । बैठकमा मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव गोगन हमालले आर्थिक वर्ष २०८०/०८१को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया