संसद्मा सत्तारूढ दलहरूले मागे उपसभामुख रानाको राजीनामा

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् ।
सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । “छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,” उनले भनिन् ।
काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् ।
सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । “छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,” उनले भनिन् ।
त्यसैगरी, सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे ।
सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप पनि लगाइन् ।
“उहाँले गरेको काम मानव तस्करी होइन र ? अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ । आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ,” उनले भनिन् ।
उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वाताको मिति मिलाइदिन अमेरकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही प्रकरणमा सत्तारूढ दलले महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिक्रिया