धनराजले भने - पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्, म माथि तत्काल छानबिन होस्

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत भएको बताएका हुन् ।
सांसद गुरुङले पूर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोपमुक्त भएको बताउँदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।

माओवादीका नेताहरू चीन भ्रमणमा

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

प्रतिक्रिया