प्रश्न उठ्दैमा राजीनामा दिने हो भने अहिले सरकारका १० औँ मन्त्रीले राजीनामा दिनुपर्छ: माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए लोकतन्त्र अगाडि बढ्न नसक्ने चेतावनी दिएकाे छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जनजाति र सहमतिको आधारमा आएकी महिलालाई शक्तिका आडमा हटाउने कुरा लोकतन्त्रमा मान्य नहुने बताएका हुन्।
उनले भने, ‘लोकतन्त्र भनेको समझदारी हो विश्वास हो। प्रतिपक्षसँग पनि सरकारले सहमति गरेर अगाडि बढ्ने संसारको लोकतन्त्रले सिकाएको छ। एक महिला जनजाति सहमतिको आधारमा आउनुभएको र सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो बनेको २ तिहाइ सरकारले हटाउने भन्ने कुरा यो संसद्मा प्रवेश गर्ने कुरा निकै दुख:द छ। यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन। यसलाई सरकारलेले गम्भीर रुपमा लियोस्।’
उनले प्रश्न उठ्दैमा राजीनामा दिने हो भने अहिले सरकारमा रहेका १० औ मन्त्रीले राजीनामा दिन पर्ने बताए।
उनले भने, ‘ प्रश्न उठेर राजिनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले के तपाईँहरू राजिनामा दिन तयार हुनुहन्छ वाइड्बडिमा प्रश्न उठ्यो, भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार जग्गामा प्रश्न उठ्यो, टी स्टेट गिरीबन्धुमा प्रश्न उठ्यो राजिनामा दिन तयार हुनुहुन्छ।’ संविधान संसोधन गर्ने कुरा राति १२ बजे प्रधानमन्त्री फेरिए जस्तो नभएकोले संविधान संसोधन हुन नसक्ने उनले बताए।

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिक्रिया