इजरायली हमलामा ४० जनाको मृत्यु

काठमाडौँ - प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानवीय क्षेत्रमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
गाजाको दक्षिणी सहर खान युनिसको अल–मवासीमा आक्रमण पछि दशौं हजार विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए ।
यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर अपरेसन जारी गरेको छ । जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु भएका तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् ।
खान युनूसमा विस्थापितको शिविरलाई लक्षित गरी आक्रमण गर्दा बेपत्ता भएका १५ व्यक्तिहरूको उद्धारका लागि विभागका कर्मचारीहरू निरन्तर खटिरहेको मुगैरले उल्लेख गरे ।
नागरिक रक्षाका प्रवक्ता महमुद बासलले शिविरमा शरण लिइरहेका मानिसलाई आक्रमणको चेतावनी नदिएको उल्लेख गर्दै आवश्यक सामग्रीको अभावले उद्धार कार्यमा बाधा पुगेको बताए ।
उनका अनुुसार आक्रमणका कारण २०–४० भन्दा बढी शिविरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन ।
इजरायली सेनाले विज्ञप्ति मार्फत खान युनिसको मानवीय क्षेत्रबाट सैन्य कारवाही गरिरहेका हमासलाई प्रहार गरेको जनाएको हो ।
गाजामा लडाकु समूहले तोकिएको मानवतावादी क्षेत्रसहित नागरिक र मानवीय पूर्वाधारको व्यापक दुरुपयोग गरेको जनाइएको छ ।
हमासले विज्ञप्ति मार्फत आफ्ना लडाकुहरू आक्रमण स्थलमा उपस्थित नभएको दाबी गरेको छ ।
युद्धको क्रममा, इजरायलले हमासलाई बारम्बार सर्वसाधारणको नरसंहार गरेको आरोप लगाएको छ भने हमासले आरोपको अस्वीकार गरेको छ ।
गाजा आक्रमणमा हालसम्म कम्तीमा ४० हजार ९८८ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मृतक मध्ये अधिकांश महिला तथा बालबालिका रहेको र अधिकांश जनसङ्ख्या विस्थापित भएको जनाएको छ ।
अमेरिका, कतार र इजिप्टले इजरायल र हमासबीच युद्धविराम र बन्धक–कैदी आदानप्रदान सम्झौता गर्ने प्रयासमा मध्यस्थता गरिरहेका छन् यद्यपि हाल वार्ता रोकिएको छ ।
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया