‘राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो’

काठमाडौँ : अधिवक्ता सविता भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीमा बदनियत देखिएको बताएकी छन् । संसदको बहुमतअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको साटो प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति भण्डारीले बदनियत देखाएको उनको तर्क छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा अधिवक्ता भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि एक जनाले मात्रै दाबी गर्ने र बहुमत पुग्ने भएकाले सोही दाबीअनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने पनि बताएकी छन् ।
‘राष्ट्रपतिलाई कुनै अधिकार नै थिएन । बदनियत देखिएको अवस्था हो’ उनले भनिन्, ‘ संविधानको धारा ७६ को उपधारा ५ भनेको एक जना सदस्यले मात्रै दाबी पेश गर्ने अवस्था हो । मलाई संसद्को विश्वास छ भनेर जाने हो। विश्वासको मत लिनसक्ने पर्याप्त आधार छ ।’
प्रधानमन्त्रीमा दाबी गर्न केपी शर्मा ओली गएपनि त्यो बहुमतका लागि पर्याप्त नभएकाले संविधानअनुसार देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसो नगरेर राष्ट्रपति भण्डारीले बदनियत राखेको उनले बताइन् ।
‘संविधानको धारा ७६ को उपधारा १ को ३ सम्मको व्यवस्था दलको लागि गरिएको व्यवस्था हो । त्यसपछिका व्यवस्था दलका लागि । ओलीले दलको विश्वास छ भनेर जान मिल्दैन’ उनले थप अगाडि भनिन्, ‘राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो । ७६(५) ले राजनीतिक दलका कुरा गर्दैन । सांसद हौ भने तिमीले सरकार बनाउन सक्छौ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया