हत्याको अभियोगमा रोल्पा र डोटीबाट एक- एक जना पक्राउ

रोल्पा- रोल्पाको थवाङ गाउँपालिका-२ जाजरकोट टोल बस्ने ७१ वर्षीया सारू रोकाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राम कुमारले एकनाले भरूवा बन्दुकको कुन्जाले टाउँकोमा प्रहार गर्दा सारूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको बन्दुक समेत बरामद गरेको छ ।
त्यस्तै डोटीमा आफ्नै दाइ ६६ वर्षीय गणेश जोराको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-६ डाँडागाउँ बस्ने ५६ वर्षीय नर बहादुर जोरालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नर बहादुरले घरायसी विवादका क्रममा कोदालोले टाउँकोमा प्रहार गर्दा गणेशको घट्नास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

प्रतिक्रिया