शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

माओवादीको टिप्पणी - काँग्रेस उपसभापति गुरुङले ‘सहकारी सम्बन्धबिच्छेद’ गरे

फाइल फाेटाे

काठमाडौँ  - नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको टिप्पणी गरेका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले गुरुङ केही समयअघि सम्बन्धबिच्छेद भएको भनिएको श्रीमतीसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको बताएका हुन् । 

१४ करोड पचाउनका लागि मात्रै गुरुङले कानूनी रुपमा सम्बन्धबिच्छेद गरेको उनले आरोप लगाए । दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने बताए । 

उनले सहकारी छानबिन समितिमा सहकारी ठगीसम्बन्धी पर्याप्त प्रमाणहरू जुटेको भन्दै कारबाहीका लागि सिफारिस गरिने बताए । छानबिन समितिका सदस्य समेत रहेका दाहालले कसैलाई जोगाउने वा फसाउने नियत नराखि अन्तिम प्रतिवेदन तयार गर्ने जानकारी दिए ।