सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ: गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
गुरुङ आफैले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई गर्न नहुने उनले बताए । कुनै पनि प्रकरणमा कानुनको उल्लघंन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारवाही समेत गर्नुपर्ने धारणा राखे ।
त्यस्तै थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि साझा न्यूनतम् कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।
उनले सबैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरि राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्ने गरि न्यूनतम् साझा कार्यक्रम बनाइने जानकारी दिए ।
त्यस्तै मुलुकको अर्थतन्त्रको सुधारका साथै जनतालाई परिवर्तनको महसुस हुने गरि काम गर्नका लागि आवश्यक साझा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया