नगरकोटीको 'कल्प-ग्रन्थ' वाग्लेबाट बोहनी

काठमाडाैँ : कुमार नगरकोटीको कथा संग्रह 'कल्प-ग्रन्थ'को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको 'पूर्व-भुक्तान-प्रति' लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक-हिलले जनाएको छ ।
गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट 'पूर्व-भुक्तानी' लिई 'लिमिटेड एडिसन' मुद्रण भएको किताब कोभिड-१९ को संक्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण रोकिएको थियो ।
विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको 'कल्प-ग्रन्थ'को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले भने, 'मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ, यो एउटा मानक किताब बन्नेछ ।'सम्पूर्ण पाठकप्रति आभारसमेत व्यक्त गर्दै देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्ने प्रकाशन गृह 'बुक-हिल'ले जनाएको छ ।
नगरकोटीको यो कथा संग्रहको प्रिमियम संस्करण मात्र प्रकाशन हुने बताइएकाे छ । पुस्तक पढ्न चाहाने पाठकले पहिलेनै बुकिङ गर्नु पर्ने र यसका लागि २०२१ रुपैंया तिर्नुपर्ने थियो ।
संग्रहमा ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् ।
प्रकाशक गृह 'बुक-हिल'ले यो पुस्तक ग्राहकले जति प्रिअर्डर गर्याे त्यति ‘प्रति’ मात्र छापिने दाबी गरेकाे थियाे । प्रकाशकका अनुसार याे पुस्तक देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन । प्रकाशकले पुस्तक पुनः मुद्रण र प्रकाशन नहुने पनि दाबी गरेका छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_yBgSMmET3R_wdszqdl2sqflc3yfbs1kipwsdya0ua2wus05uzn8gxnm1pzxa1lz69ngdoik.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया