बिपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : सभापति देउवा

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेसले आज आयोजना गरेको ‘बिपीको समाजवाद : आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समयअनुसार खोज/अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्याउनुपर्ने बताए ।
बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरू अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । सभापति देउवाले भने, 'समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।' प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उनको भनाइ थियो ।
'कतिपय कुराहरु समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बिपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो, उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घिउ उपलब्ध गराउन सकिन्छ', उनले भने ।
बिपी कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उनले राजनीतिसँगै बिपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको टिप्पणी गरे । 'बिपी कोइराला साहित्यमा पनि उत्तिकै दक्खल भएको व्यक्ति हो, नेपालमा उहाँ जत्तिको साहित्यकार बिरलै पाइन्छ, राजनीतिमा त पूरै दक्खल भएको व्यक्ति हो, त्यसकारणले मैले उहाँलाई सानो देशको ठूलो नेता भनेको हो ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया