युक्रेनले गर्यो रुसमाथि १४४ ड्रोनबाट आक्रमण

काठमाडौँ - युक्रेनले रुसमाथि १४४ ड्रोन आक्रमण गरेको छ । आक्रमणमा धेरै आवासीय भवनहरूलाई पनि निशाना बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ । रुसको राजधानी मस्को वरपर २० वटा ड्रोन खसालेका छन् । यस आक्रमणमा एक महिलाको पनि मृत्यु भएको बताइएको छ ।
आक्रमणमा दर्जनौं घर ध्वस्त भएका छन् । यस आक्रमणका कारण मस्को र वरपरका विमानस्थलबाट ५० भन्दा बढी उडानहरू डाइभर्ट गर्नुपरेको थियो । रुसी अधिकारीका अनुसार मस्कोका ४ मध्ये ३ वटा विमानस्थल ६ घण्टाभन्दा बढी बन्द गर्नुपरेको थियो ।
रुसले पनि अन्य ८ प्रान्तमा १२४ ड्रोन खसालेको छ । यस हमलाको बदला लिँदै रुसले युक्रेनमा ४६ ड्रोनबाट पनि आक्रमण गरेको बताइएको छ । यद्यपि युक्रेनका अनुसार उसले यी मध्ये ३८ वटा ड्रोनलाई खसालेको छ ।
यसअघि ३१ अगस्टमा युक्रेनले रुसमाथि १५० भन्दा बढी ड्रोनबाट हमला गरेको थियो । साढे दुई वर्ष लामो रुस–युक्रेन युद्धमा पहिलो पटक युक्रेनले रुसमाथि यति ठूलो संख्यामा ड्रोन हमला गरेको थियो । त्यसबेला पनि युक्रेनले राजधानी मस्कोलाई निशाना बनाएको थियो ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शहरमा ११ वटा ड्रोनले आक्रमण गरेको थियो । यी आक्रमणमा एक तेल प्रशोधन केन्द्र र प्राविधिक कोठालाई निशाना बनाइएको थियो । तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विस्फोट भएको थियो । यसपछि बाक्लो धुवाँ उठेको देखियो ।
रुसी अधिकारीका अनुसार युक्रेनले १५ प्रान्तमा १५८ ड्रोनबाट आक्रमण गरेको थियो । रुसी एयर डिफेन्सले लगभग सबै ड्रोनलाई रोकेर खसालेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अब रुसमा थप घुसेर आक्रमण गर्न चाहन्छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनीहरूले यसका लागि अमेरिकालाई सहयोगका लागि दबाब पनि दिइरहेका छन् । जेलेन्स्कीले अगस्त ३१ मा एक भिडियो जारी गर्दै युक्रेनले रुसी एयरफिल्ड र सैन्य अड्डाहरूलाई निशाना बनाएमा मात्र यी आक्रमणहरू रोक्न सकिने बताएका थिए ।

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_64kJrvWkKx_lmgpvfmplc4yjelsubccmgo4inj2rrlazfucr7i4jjkvk7tq9z0sq8jlo3eb.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया