४५ हजार मूल्य बराबरको माछा र कुखुरा बरामद गरी नष्ट
कञ्चनपुर : बेवारिसे अवस्थामा भेटिएका माछा, कुखुरा र पेय पदार्थ कञ्चनपुरमा नष्ट गरिएको छ । आइतबार बिहान खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरबाट बरामद गरी माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ नष्ट गरिएको हो ।
झण्डै ४५ हजार मूल्य बराबरको माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष, पशु क्वारेनटाईन बेलौरीका प्रतिनिधि, समाजसेवी लगायतको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बाहदुर बमले जानकारी दिए ।

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

प्रतिक्रिया