कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गरे ।
उनले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।
त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।
“आधुनिक प्रणाली र ठूलो मात्राको उत्पादनले बजार पाउँछ । हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ । व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुपर्छ’’, उनले भने,’’ वन क्षेत्र भनिएका तर वन नभएका खाली ठाउँमा कृषि र फलफूल खेती गर्न मिल्ने हामी निर्णय गर्दैछौँ । यसरी जाँदा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जानेछ र आत्मर्भिरता बढ्नेछ ।‘’-रासस

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

प्रतिक्रिया