सभामुखको रुलिङलाई मान्दिन भन्न मिल्दैन - रामहरि खतिवडा

काठमाडौँ - नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित रुपमा जानकारी गराउन सक्ने भएपनि मान्दिन भन्न नमिल्ने बताएका हुन् ।
माओवादी सरकारबाट बाहिरिनुपर्दाको केही असर सदनमा समेत देखिएको भन्दै साना–साना कुरामा अल्झिन नहुने उनले बताए । उनले सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा जोड दिए ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए । सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा वा नराम्रा कामलाई स्वीकार गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले शान्ति प्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
हिंसा शब्दलाई लिएर राजनीतिक पार्टीहरुले बखेडा खडा गर्न नहुने उनको भनाइ छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया