शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

संवैधानिक इजलासमा जोशीको तर्क : दाबीलाई इन्कार गर्ने अधिकार राष्ट्रपतिलाई छैन

काठमाडौँ : कानुन व्यवसायी बाबुराजा जोशीले कुनै प्रतिनिधि सभा सदस्यले संविधानको धारा ७६ को उपधारा ५ अनुरुप मसँग बहुमत सांसदको हस्ताक्षर छ भनेर दाबी पेस गरेमा इन्कार गर्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएका छन् । संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै जोशीले दाबी इन्कार गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई नदिएको बताए ।

'शेरबहादुर देउवाले म प्रतिनिधि सभा सांसद हुँ। मैले विश्वासको मत प्राप्त गर्ने आधार छ भन्दै उहाँले सांसदहरूको हस्ताक्षर लिएर जानुभयो । राष्ट्रपतिले संविधान बमोजिमको शेरबहादुर देउवाको दाबीलाई इन्कार गर्नुभयो,' जोशोले भने, 'उहाँलाई संविधानले यस्तो अधिकार दिएको छैन । व्यक्तिवादी, प्रणालीमाथि हमला गर्ने राष्ट्रपतिलाई कुनै अधिकार संविधानले दिएको छैन ।'