‘ओलीलाई प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार छैन’

काठमाडौँ : वरिष्ठ अधिवक्ता नरहरि आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा वरिष्ठ अधिवक्ता आचार्यले ओलीलाई प्रधानमन्त्री पदमा बस्ने नैतिक आधार अधिकार नभएको बताएका हुन् ।
‘रिट दायर हुनुको आधार छ । प्रधानमन्त्रीले थाकिसकेको बिदा हुन्छु भन्नेले शेरबहादुर भन्दा अगाडि दाबी पेश गर्नुभएको थियो’ उनले भने, ‘म प्रधानमन्त्री पदमा एकछिन पनि बस्न तयार छैन भन्नु भएको थियो । उहाँको प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार छैन ।’
साथै आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीको टिप्पणी गैरसंवैधानिक भएको पनि बताएका छन् । ‘राष्ट्रपतिले सरकारलाई परेको दाबी यकिन गर्ने आफ्नो एकल अधिकार हो भन्नु भएको छ’ उनले थप अगाडि भने, ‘संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले यो दाबी गलत छ ।’
राष्ट्रपतिले सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउनुपर्नेमा रोक्नु गलत भएको पनि उनले बताए । ‘सरकार गठनका लागि प्रक्रिया अघि बढाउनुभयो । तर प्रक्रिया रोक्नुभयो’ बहसका क्रममा उनले भने, ‘प्रक्रिया पूरा गर्न दुई जनाकै दाबी नपुग्दा थप प्रमाण पेश गर्न आह्वान गर्नुपर्थ्यो ।

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिक्रिया