ज्वाइँ साब'को पहिलो गीत सार्वजनिक, गाम्भिर बिष्टको कोरियोग्राफीमा जितु नेपालको धमाका!

काठमाडौँ- चलचित्र 'ज्वाइँ साब'को पहिलो गीत 'कसम बत्तीको' सार्वजनिक भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, र अर्जुन पोखरेलको संगीत रहेको छ । उक्त चलचित्र असोज २४ गते फूलपातीको दिन रिलिज हुन लागेको हो ।
राजकुमार पण्डितको निर्माणमा तयार भएको फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । विवाहको परिवेशलाई समेटिएको यस गीतको भिडियोमा प्रमुख कलाकार जितु नेपाल र नीति शाहले आकर्षक नृत्य प्रस्तुत गरेका छन्।
चलचित्रमा गम्भिर बिस्टाले कोरियोग्राफी गरेका छन् भने सुरेन्द्र बासेल र थाम्मान तादी सहायक कोरियोग्राफरको रुपमा रहेका छन्। कार्यकारी निर्माता विजय बस्याल, निर्माता मीनादेवी खड्का, सौगात पण्डित, र पदमलाल तामाङ रहेका छन्।
चलचित्रको छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सन्देश शाहले गरेका छन्। रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रमा जितु नेपाल, नीति शाह, वुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ।
गम्भिर बिष्टको उत्कृष्ट कोरियोग्राफी र जितु नेपालको जीवन्त अभिनयले 'ज्वाइँ साब' लाई आकर्षक बनाएको छ । चलचित्रको यो गीतले दर्शकलाई झन् थप आकर्षण गरेको छ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया