आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ

तस्विरः फाइल फोटो

काठमाडौँ- कल सेन्टर चलाएर ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट ५० जनालाई नियन्त्रणमा लिएको छ ।

ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो ।

बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार  ५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन् । अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।