प्रस्तावित राजदूतको कार्ययोजना - समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान गर्दै वर्षेनी हजारौँ पर्यटकहरू नेपाल ल्याउन
काठमाडौँ - संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगायतका देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई लगायतका प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । सुनुवाइका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउन पहल गर्ने बताए ।
दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने, नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तराष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने उनले बताए । उनले समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान सञ्चालन गर्दै वर्षेनी हजारौँका संख्यामा पर्यटकहरू नेपालसम्म ल्याउन, नेपालका हिमशिखरहरूको प्रचार प्रसार गर्ने योजना सुनाए । नेपाली राजदूतावास म्याड्रिडबाट सहप्रमाणीत मुलुक माल्टासँग दुईपक्षीय हितका आधारमा सम्बन्ध अघि बढाउने उनको भनाइ छ ।
त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताए । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ छ । भट्टराईले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए ।
सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया