नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ - लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अंकले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ ।
कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । सानिमा लार्ज क्याप फण्ड आठ दशमलव ४९, आरबिबी म्युचुअल फण्ड दोस्रो चार दशमलव शुन्य एक, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ७१ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया