दुई बर्षपछि ओलीले मलाई प्रधानमन्त्री पद दिन्छन् - सभापति देउवा

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यकता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन् ।
देशभरका आम पार्टीका नेताहरूको भावनाअनुसार नै एमालेसँग मिलेर सरकारमा गएको उनले बताए । उनले दुईदलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफूलाई प्रधानमन्त्री पद दिने जिकिर गरे ।
देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीलाई अघि बढाउन युवा शक्तिहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले नयाँ पुस्ताहरूले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने जिकिर गरे । कांग्रेसले नेतृत्व गरेका गाऊँ/नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया