कोशी प्रदेश: सात वटा विषयगत समितिमा को को निर्विरोध भए ?

काठमाडौँ - करिब १० महिना पछि कोशी प्रदेश सभाको ७ वटा विभिन्न विषयगत समितिहरूले नेतृत्व पाउने भएका छन् ।
विषयगत समितिको सभापतिका लागि प्रदेश सभा सचिवालयले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार ७ वटा समितिका लागि एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । नेकपा एमाले र नेपाली कांग्रेस बीच ३/३ वटा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समितिको सभापति दिने सहमति बने अनुसार उम्मेदवारी दिइएकोले निर्विरोध भएको हो । एक एक जनाको मात्र उम्मेदवारी परेपनि सम्बन्धित समितिको सभापति बैठकबाट निर्णय हुने प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
नेकपा एमालेले पाएको प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होम बहादुर थापा, उद्योग पर्यटन तथा वातावरण समितिमा रामदेव यादव, न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, यसैगरी नेपाली कांग्रेसले पाएको अर्थ समितिमा विनोद राई, सामाजिक विकास समितिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौडेल, नेकपा माओवादी केन्द्रका राजन किराती सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध भएका छन् ।

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
_CfMO9FaNj2_wm1bgp8woyjerxqkyg053rifmqwansj9snaw9kekcoxfnougxlyuuc6kvuen_rZe3AAy3bk_cojsdbx1gqwxogamb5vxh8eb84gnsoseuvd2g1w4f6kpphl8katv3u9fxl1p.jpg)
ताप्लेजुङका हिमालको चुचुरामा मानव पाइला पुग्दै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

५० हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

डढेलोबाट घर जोगाउनै मुस्किल

प्रतिक्रिया