भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा- बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_G3nvzxLByp_sucm35bch6vqxjohrbllb6hve3sbaxk3a4wxd6lpv4yiey6rcrisaclrvuiv.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

प्रतिक्रिया