वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरू

काठमाडौँ- काठमाडौँको वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरु गरिएको छ । वीर अस्प्तालमा जलन उपचार केन्द्रको स्थापना गरि जलनका विरामीको उपचार सेवा सुरु गरिएको हो ।
शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका छन् ।
जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका विरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
केन्द्रको शुभारम्भपछि अस्पतालको अन्य सेवाको निरिक्षण समेत गर्नुभएका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए । उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिए ।
उहाले सवै टिकटहरुलाई अनलाईन प्रणालीमार्फत लैजान निर्देशन दिए । २०७२ को विनासकारी भूकम्पका कारण अस्पतालबाट जलनका विरामीको उपचार सेवा बन्द भएको थियो ।

क- कसले सजिवन झुक्किएर खानुहुन्न ?

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

प्रतिक्रिया