भारत सरकारले जारी गर्न लागेको नयाँ सेन्सर नियमको विरोधमा बलिउड

मुम्बई : भारत सरकारले लामो समयदेखि अस्तित्वमा रहेको सिनेमाटोग्राफ एक्ट (१९५२) मा थोरै परिमार्जन गर्दै नयाँ सेन्सर नियम लागु गर्ने जनाएको छ । तर, बलिउडका निर्देशक तथा कलाकारले नयाँ सेन्सर नियमका केही बुँदामा आपत्ति जनाएका छन् ।
पहिले प्रचलनमा रहेको सेन्सर बोर्डले फिल्मलाई तीन श्रेणीमा राखेर वर्गीकरण गथ्र्यो । यसरी गरिएको वर्गीकरणमा फिल्महरू अनरेस्ट्रिक्टेड एक्जिबिसन, प्यारेन्टल गाइडेन्स र एडल्ट गरी तीन भागमा विभाजन गरी प्रदर्शन अनुमति दिइन्थ्यो ।
तर, भारत सरकारले सर्वसाधारणको सुझाव संकलनका लागि भन्दै सार्वजनिक गरेको नयाँ सेन्सर ऐनमा उमेरको वर्गीकरणलाई प्राथमिकता दिएको छ । जसअनुसार ७ वर्ष, १३ वर्ष र १६ वर्षको बच्चालाई समेट्ने गरी बेग्लाबेग्लै प्रमाणपत्र दिइने जनाइएको छ ।
तर, फिल्मकर्मीलाई चिढ्याउने गरी भारत सरकारले नयाँ ऐनमा यस्तो प्रावधान थपेको छ जसले सरकारले नचाहेमा सेन्सर पास भएको फिल्मले पनि प्रतिबन्ध खेप्नुपर्ने छ । सरकारले सार्वभौमिकता र राष्ट्रिय अखण्डतालाई आँच पु¥याउने फिल्म सेन्सरले पास गरे पनि केन्द्र सरकारले रोक्न सक्ने नयाँ प्रावधान थपेको हो ।
यसले सेन्सर बोर्डको औचित्यलाई नै खारेज गरिदिएको भन्दै फिल्मकर्मी विरोधमा उत्रिएका हुन् । सरकारले जुलाई २ सम्ममा यसमा सुझाव दिन सर्वसाधारणले आग्रह गरेको छ ।
नयाँ संशोधनमा सरकारले पाइरेसीको कुरा पनि थपेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । पहिले पाइरेसीलाई सम्बोधन गर्ने बेग्लै कानुन नभएको अवस्थामा नयाँ प्रावधानअनुसार पाइरेसी गरेको प्रमाणित भएमा जेल जान सक्ने कानुनको निर्माण गरिने जनाएको छ । यसरी पाइरेसी गर्नेले तीन वर्षको जेल सजाय वा ३ लाखभन्दा बढी रकम तिर्नुपर्ने जनाइएको छ ।
प्रस्तावित नयाँ सेन्सर नियममा सेन्सर गरिएको फिल्मको समयावधि पनि हेरफेर गरिएको छ । पहिले एक पल्ट सेन्सर गरिएको फिल्म अनन्तकालसम्म मान्य हुन्थ्यो तर नयाँ प्रावधानअनुसार अहिले गरिएको सेन्सर १० वर्षका लागि मान्य हुनेछ ।
फिल्मकर्मीले उमेरअनुसार प्रमाणपत्र जारी गर्ने कुरा आफूहरूले उठाउँदै आएको कुरा भए पनि सरकारले सेन्सर बोर्डले जितेर निर्णय गर्ने कुराले फिल्मको सौन्दर्यलाई निष्प्राण बनाउने तर्क गरेका छन् ।
यो बुँदाले जोकोहीले फिल्मको कुरालाई लिएर आपत्ति जनाउन सक्ने र कसैलाई चित्त बुझेन भने फिल्म नै प्रदर्शन हुनबाट रोकिने खतरा रहेको औंल्याएका छन् । तर, सरकार पक्षधरले भने कस्तो कस्तो फिल्मले राष्ट्रिय एकता र धार्मिक सद्भाव बिथोल्छ भन्ने कुरालाई राम्ररी ब्याख्या गरेकाले समस्या नहुने बताएका छन् ।
पछिल्लो समयमा भारतमा कहिले हिन्दु धर्मको अपमान गरियो भन्दै फिल्मको विरोध हुने गरेको छ त कहिले व्यक्तिको चरित्र चित्रण सही नभएकोमा । ‘पद्यावत’देखि लिएर सुटिङको क्रममा रहेको ‘रामसेतु’सम्म पनि केहीले आपत्ति जनाएका थिए ।
सरकारले फिल्म सर्टिफिकेसन अपिलेट ट्रिब्युनललाई खारेज गरेसँगै फिल्मकर्मी सरकारसँग सशंकित भएका थिए । सेन्सर बोर्डको निर्णय चित्त नबुझे फिल्मकर्मीले यो निर्णयलाई पुनरावेदनका लागि अनुरोध गर्थे । यसरी सेन्सरले रोकेका धेरै फिल्मलाई पुनरावेदनले प्रदर्शन गर्ने अनुमति पनि दिएको थियो । तर, सरकारले अघिल्लो महिना मात्र यो संस्थालाई खारेज गरिदिएको थियो । फिल्मकर्मीले सरकारको यो कदमको पनि विरोध गरेका थिए ।
निर्देशक बिशाल भारद्धाजले सरकारको निर्णयका विरुद्धमा आवाज उठाउन आग्रह गरेका छन् । ‘यदि कसैले गुनासो गरेकै भरमा सरकारले पुनः जाँच गर्ने हो भने सेन्सर सर्टिफिकेटको के अर्थ रह्यो र ?’उनले प्रश्न गरेका छन् । उनले सम्पूर्ण फिल्मकर्मीलाई नयाँ ऐनको विरोध गर्न अपील पनि गरेका छन् ।
अहिले भारतको सेन्सर बोर्डको अध्यक्षमा प्रसुन जोशी रहेका छन् । जोशी ‘रङ दे बसन्ती’, ‘भाग मिल्खा भाग’, ‘फनाह’ आदि फिल्मका लेखक हुन् भने उनले यी फिल्मबाहेक ‘तारे जमिन पर’ ‘गजिनी’, ‘हम तुम’ आदि फिल्म गीत पनि लेखेका छन् । बलिउडका फिल्मकर्मीले प्रसुन जोशीलाई पनि सेन्सर बोर्डको अध्यक्षबाट राजीनामा दिएर आन्दोलनमा आउन आह्वान गरेका छन् ।

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया